भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी लि. मा बिभिन्न संस्थासँग समन्वय गरी जाने उद्देश्यले विभिन्न संस्थाहरुको भेला कार्यक्रम सम्पन्न भएको छ । समदर्शीको सभा हलमा सम्पन्न सो भेलामा रोम्वस इन्टरनेशनल कलेज एवम् स्कुल, हार्ट एण्ड डाइबिटिज सेन्टर, मानन्धर व्यायाम मन्दिर, नमबुद्घ बचत संस्था लगायतका प्रतिनिधि सहभागी थिए ।
कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै समदर्शी बचत तथा ऋण सहकारी लि. का  सस्थापक अध्यक्ष श्री हरिराम लवजूले संस्थाहरुको विचमा आपसी समन्वय गरी अगाडि बढ्न सकेमा आपसी सहयोगले संघ संस्थको विकास कार्यमा मद्दत पुग्ने  कुरा बताए । उनले विभिन्न संस्थाका लागि समदर्शीले दिने सेवाका बारेमा नितिहरु बन्दै गरेका पनि जानकारी दिए ।
सञ्चालक समितिका अध्यक्ष श्री रामकृष्ण मानन्धरले कार्यक्रममा सहभागी भएका  सबैलाई धन्यवाद व्यक्त गर्दै संस्थाको निक्षेप संकलन ,ऋण प्रवाह र सदस्यता नितिका बारेमा प्रकाश पारेको सो कार्यक्रममा सचिव बिश्वबहादुर दुवाल, डा. राजेन्द्र काजू, बिरेन्द्रकाजी प्रघानाङ्ग, ज्ञान बहादुर मानन्धर , बाबुकाजी मानन्धर लगायत बिभिन्न संस्थाका प्रतिनिधिहरुले आफ्नो बिचार व्यक्त गरेका थिए ।...

All Comments.......


Please Login/Register To Comments