भक्तपुर । ट्रक व्यवसायीहरुले आफूहरु धरापमा परेको बताएका छन् । धेरै दुर्घटना भयो भनी टिपरहरु दिउँंसो सञ्चालनमा रोक लगाएपछि आफूहरु धरापमा परेको उनीहरुले बताएका छन् । अहिले टिपरहरुलाई राति आठबजेदेखि विहान चारबजेसम्म मात्रै सञ्चालनमा छुट छ ।
भक्तपुर ट्रक व्यवसायी प्रालिको मंगलबार भक्तपुरमा भएको २० औ र २१ औं साधारणसभामा व्यवसायीहरुले कर भने २४ अ‍ैं घण्टा चलाउँंदाको तिर्नुपर्ने अनि चलउन भने राति मात्रै दिने भन्दै विरोध जनाए । उनीहरुले दिउँंसोको समयमा ठूला टिपरहरुलाई मात्रै सञ्चालनमा रोक लगाउने मनसाय हुँंदाहुँंदै मझौला तथा मिनी टिपरहरुलाईसमेत एउटै वर्गमा राखी तिनीहरुलाई पनि राति मात्रै सञ्चालन गर्न दिइएको भन्दै विरोध जनाए ।
भक्तपुर ट्रक व्यवसायी प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद गोराले आफूहरु धरापमा परेको दुःख पोखे । आफूहरु मात्रै नभई यसमा काम गर्ने सवै चालक, सहचालक तथा मजदुरहरु पनि धरापमा परेको उनको दुःखेसो थियो । स्वदेशमै रोजगारी सृजना गर्ने व्यवसायीहरुलाई धरापमा पार्नु भनेको सवै नेपाली युवाहरुलाई खाडीमा पठाउन जवरजस्तु गर्नु सरह भएको उनको भनाई छ ।
भक्तपुर ट्रक व्यवसायी प्रालिका संस्थापक अध्यक्ष विश्वराम कवांले दुर्घटना हुन नदिन सञ्चालनमा रोक लागउनु मात्रै उपयुक्त नभएको बताए । चालकसहचालकहरुलाई तालिम दिएर दुर्घटना न्युनीकरण गर्न सकिने उनले बताए । यही कारण प्रालिले प्रत्येक वर्ष पाँंच वर्षसम्म दुर्घटना नगराउने चालकहरुलाई वार्षिक रुपमा सम्मान गर्दे आएको उनले स्मरण गरे ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम्प्रसाद भटराईले व्यवसायीहरुको गुनासोप्रति आफू गम्भीर भएको बताए । तपाईहरुको समस्या समाधान गर्न म तप्पर छु, कार्यालयमा आउनुहोस् म सवै सरोकारवाला पक्षलाई बोलाएर समाधान निकाल्ने प्रयास गर्छु, उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि संघीय साँंसद प्रेम सुवालले व्यवसायी र सरोकारवाला सवैले समन्वय गरी समस्याको समाधान निकाल्नुपर्ने बताए । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर, नेपाल यातायात व्यवसायी राष्टिय महासंघ ट्रकतर्फका वर्गीया संयोजक नविन प्रजापति, प्रालिका निवर्तमान अध्यक्ष महेन्द्र खायमली, प्रालिका सचिव नातिभाइ ह▒ेम्वा, उपाध्यक्ष गणेश त्यातलगायतका ट्रक व्यवसायीका समस्याहरुबारे सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।
...

All Comments.......


Please Login/Register To Comments