बनेपा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काभ्रेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम बनेपामा सम्पन्न भएसँगै माओवादी केन्द्र काभ्रेको जिल्ला कमाण्डमा काभ्रेली युवा नेता योगेश राल्फाली निर्वाचित भएका छन् ।
काभ्रे जिल्लाको दुर्गम भेग साबिक मिल्चे गाबिस(२, खजुलीबेसी हाल खानीखोला गाउँपालिका(७ जन्मेका राल्फाली दुई दशक अगाडिदेखि कम्युनिस्ट आन्दोलनमा अनवरत रुपमा लाग्दै आईरहेका छन् । राल्फालीले तत्कालीन शाही सत्ताको बेला किलो शेरा टु अप्रेसन ताका २०५५ सालमा १६ महिना काभ्रेकै धुलिखेल कारागारमा जेल जीवन बिताएको समयमा जेल भित्रैेबाट प्रथम श्रेणीमा एल.एल.सि. उत्तीर्ण गरेका थिए । राजनीतिक र समाजसेवाको अलवा साहित्यमा पनि धेरै रुचि राख्ने राल्फालीले जेलभित्र रहँदा लेखेको “जञ्जिरको घेराभित्रबाट“ राल्फालीको दोस्रो कृति हो । तामाङ भाषा साहित्यको लागि साहित्यिक योद्धाको रुपमा चिनिएका राल्फालीले तामाङ भाषाको पहिलो महाकाव्य “दुईला ङ्हार“ (समयको गर्जन) लगायत सातवटा विधामा पहिलोपटक कलम चलाएर साहित्यिक इतिहासमा आफ्नो नाम दर्ज गर्न सफल भईसकेका छन् भने अहिलेसम्म १३ वटा कृतिहरु बजारमा ल्याउन राल्फाली सफल भएका छन् ।
१६ महिना लामो जेल जीवन पश्चात् पत्रकारिता पेशासँगै राजनीतिमा निरन्तर लागिरहेका योगेश राल्फालीले लामो समय जनमोर्चा, नेपालको काभ्रे जिल्ला सचिवको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष तथा पूर्वसभासद कर्णजित बुढाथोकी सुशीलको प्रमुख आतिथ्यमा भएको उक्त भेलामा निर्वाचन मण्डलको अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव अरुण घिसिङले माओवादी केन्द्र जिल्ला समिति काभ्रेको नवनिर्वाचित प्यानल प्रस्तुत गर्नुभएको थियोे । प्रस्तुत प्यानल अनुसार
अध्यक्षमा योगेश राल्फाली, उपाध्यक्षमा प्रेम घतानी, सचिवमा रोहण लामा र अन्य सदस्यहरुमा लक्ष्मी बैंजु, जेनिशा लामा, धनमाया तितुङ, गोपाल ग्लान, बिक्रम सोराली
प्रशान्त (के.सी.) तिमल्सिना, ज्ञानकाजी श्रेष्ठ, सबिन मोक्तान, राजन थपलिया, केदार दाहाल, यशोेधा भुर्तेल, ज्ञान बहादुर लामा लगायत २१ सदस्यीय नेकपा (माओवादी केन्द्र) जिल्ला कार्यसमिति काभ्रे निर्माण भएको छ ।
...

All Comments.......


Please Login/Register To Comments