भक्तपुर । भक्तपुरमा जारी ब्याडमिन्टन प्रतियोगितामा संगम युवा खेलकुद समूह र संगम सहकारीबीच प्रतिस्पर्धा हुने भएको छ । नगरव्यापी जोडी पुरुष ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा आयोजक समूहले एबिसी र संगम साकोसले संगम साकोस्कै खेलाडीलाई पराजित गरेको थियो ।

शनिबार ती दुई टीमबीच स्पर्धा हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार फाइनल खेलमा संगम खेलकुद समूहका राजेश खाइतु र श्यामकृष्णको जोडी तथा संगम साकोस्का श्यामसुन्दर ख्याजु र बद्रीप्रसाद ख्याजुको जोडीबीच स्पर्धा हुनेछ ।

सेमिफाइनलअन्तर्गत शुक्रबार भएको खेलमा संगम खेलकुद समूहका राजेश खाइतु र श्याककृष्ण सुवालको जोडीलाई एबिसीका राजेन्द्रसुवाल र अनिल याकामीको जोडीलाई २१–११ र २१– १५ को सोझो सेटमा पराजित गरेको थियो ।
त्यस्तै अर्को खेलमा संगम साकोस्का श्यामसुन्दर ख्याजु र बद्रीप्रसाद ख्याजुको जोडीले संगम साकोस्कै राजेश घ्यमसु र रुकेश कवांको जोडीलाई २१–२३, २३–२१ र २१–१२ को अंकले पराजित गरेको थियो ।...

All Comments.......


Please Login/Register To Comments