- Post Date 2021-02-07 07:31:27
ललितपुर । उच्चरक्त चाप र मधुमेह गर्दा मुटुरोगीहरुको संख्या बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै चिकित्सकहरुले जीवनशैलीमा परिर्वतन गर्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार बुबहालमा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविरमा मुटुरोगीहरुको स्वास्थ्य परीक्षण गर्दै उनीहरुले सो कुरामा जोड दिएका हुन् । ललितपुर महानगरपालिका– १६ वडाले अरनिको समाजसंग मिलेर सो शिविर आयोजना गरेको हो । गत साता नशा तथा हाडजोर्नी परीक्षण गरिएकोमा यस पटक मुटुको परीक्षण गरिएको थियो ।
‘जीवनशैलीलाई परिर्वतन गरी आहार, विहारको नियन्त्रण र व्यायाम जोड्न सकेन भने मुटुरोगीहरुको संख्या झन् बढ्दै जाने छ । ’ स्वास्थ्य परीक्षणपछि डा. दीपक मिश्रले भन्नुभयो ।शिविरमा मधुमेह र उच्चरक्त चापले गर्दा मुटु रोगी भएका बिरामी र भर्खर भर्खर औषधी सेवन गर्न थालेका गरी ८३ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । ‘
आउँदो शनिबार बालिफल (अशोक हलमा) बाल छाला तथा आँखा रोग सम्बन्धी शिविर, फागुण ८ गते नागबहालमा स्त्री रोग सम्बन्धी शिविर, फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर, फागुण २२ गते मंगलबजारमा ज्येष्ठ नागरिकहरुको लागि नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी शिविर सञ्चालन हुने छ । समाजका अनुसार स्त्री रोग सम्बन्धी जाँचमा ४५ वर्ष भन्दा माथिका महिलाहरुको पायस्प्समेर निशुल्क परीक्षण गरिने छ ।
...
All Comments.......
Please Login/Register To Comments