खेल मैदान
  • Post Date 2021-02-09 13:52:23

डा इन्दुल केसी, भक्तपुर
                     
जनप्रतिनिधिहरु सवै खेलाडी
सडक, सदन, न्यायालय
यत्र तत्र सर्वत्र खेल मैदान ।

विधान मिचाई, नियम कानुन मिचाई
बलमिचाई, सवथोक मिचाई
थुतुनो अनियन्त्रित मनपरी बोलाई ।

राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र
गणतन्त्र, गुटतन्त्र, मनपरितन्त्र
सवै भताभुंग, लथालिग, चकनाचुर ।

आम हड्ताल देश बन्द
गरी खानेको चुलो बन्द
सदवुद्धी खुल्ने दिमागको मुहानै बन्द ।

न्याय मूर्तिहरुको अलमल
आयोगका आयुक्तहरुको अलमल
तमासे जनताहरु सवै झनै अलमल ।

छद्मभेषी रेफ्रीको हुसिल बज्यो
खेलमैदान बाहिरै भकुण्डो गुडयो
हुरे गोलपोष्ट विनानै गोल !

खेल मैदान ।
मिति ः २०७७ माघ २४ गते
...

All Comments.......


Please Login/Register To Comments