भक्तपुर । राष्टबादी केन्द्र नेपालले फागुन २१ गते शुक्रबार राजधानीको भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ । भक्तपुर केन्द्रले शनिबार भक्तपुरमा गरेको धार्मिक भेलामा केन्द्रका संयोजक चन्द्रबहादुर थापाले प्रदर्शनमा एक लाख मानिस सहभागी हुने दावी गरे । राष्टिय पुँंजी र लगानीको सुरक्षासहित बैदिक सनातन धर्म सापेक्ष राष्ट कायम गरौ भन्ने मागका साथ प्रर्दशन गर्ने कार्यक्रममा बताइयो । कार्यक्रममा जनाइए अनुसार उक्त अवसरमा काठमाडौंका आठ ठाउँंबाट जुलुश हुनेछ । धर्म, सस्कृति र राष्टियता जोगाउने मुल उद्देश्यका साथ केन्द्रले देशैभरि विभिन्न गतिविधिहरु गर्दै आएको जनाएको छ ।  
 

...

All Comments.......


Please Login/Register To Comments