भक्तपुर । भक्तपुर प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको छ। भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल बस्ने बर्ष २६ को किसन थापाले आफ्नै घर कम्पाउण्डमा राखेको प्रदेश नं ३–०२–०१० प ७१४१ नं. २२० सि.सि. को पल्सर मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा चोरी भएको र भक्तपुर बाराहीस्थानको उकालोबाटोस्थित गणेश स्कुल नजिक डेरा गरी बस्ने बर्ष २२ को पेम्बा तामाङले डेरा कोठा अगाडी प्रदेश २–०२० प ८८२७ नं. २२० सि.सि. को पल्सर मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा चोरी भएको भनी निवेदन पेश गरेकोमा खोजतलास गर्दै गरेको थियो ।
खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुंगासंग समन्वय गरी खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त नं.को मोटरसाईकलहरु चोरहरु सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ओखलढुंगाबाट पक्राउ गरिएका अभियुक्तहरुमा ओखलढुंगा लिखु गाउपालिका वडा नंम्बर ९ बस्ने बर्ष २२ को कुल बहादुर तामाङ,  ओखलढुंगा खिजी देम्बा गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २८ को पञ्चमान तामाङ, ओखलढुंगा लिखु गाउँपालिका ९ बस्ने बर्ष २४ को गोबिन्द गौतम रहेका छन् । उनीहरुलाई जिल्ला अदालतमा पेश गरी थप अनुसन्धान गर्दै जाँदा उल्लेखित दुबै मोटरसाइकल चोरी कार्यमा संलग्नहरुको खोजतलास गर्दै जाँदा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

साथै भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित आदर्शचोकमा चेकजाँचको क्रममा बा. ९८ प. ८९६४ नं. को २२० सि.सि. को हरी गोविन्द शिल्पकारको नाममा रहेको पल्सर मोटरसाइकल चोरी गरी लादै गरेको अवस्थामा निम्नलिखित अभियुक्तहरु पक्राउ परेको । दोलखा शैलुङ गाउपालिका वडा नम्बर ४ घर भई हाल जिल्ला ललितपुर धोबिघाट बस्ने बर्ष २७ को अभिषेक योञ्जन, जिल्ला दोलखा शैलुङ गा.पा. वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक बस्ने बर्ष १९ को सुमन नेपाली पक्राउ गरेका छन्।


मध्यपुर ठिमी नगरपलिका वडा नम्बर ५ स्थित अरनिको राजमार्गमा प्रदेश ३–०२–०१७ प. ७०४८ नं. को २२० सि.सि. को कुमार श्रेष्ठको नाममा रहेको पल्सर मोटरसाइकलको चोरीमा दोलखा शैलुङ गाउपालिका २ घर भई भक्तपुर सुर्यविनायकमा बस्ने बर्ष बर्ष २३ को फुर्वा तामाङ । ऐ.ऐ. घर भई हाल ऐ.ऐ. बस्ने निजको साथी बर्ष २१ को राजु तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले जानकारी गराए। चार वटा मोटरसाइकलसहित सात जना चोरहरु पक्राउ गरेको उनले बताए। चार वटै मोटरसाइकलहरु भक्तपुरको भिन्न भिन्न स्थान र समयमा माथि उल्लेखित अभियुक्तहरुले चोरी गरेको  उनले बताए। सम्बन्धित मोटरसाइकल धनीहरु समेतबाट किटानी जाहेरी दरखास्त प्राप्त हुन आएको हुँदा कानून बमोजिम थप अनुसन्धान भई रहेको जनाएको छ।
...

All Comments.......


Please Login/Register To Comments