भक्तपुर । भक्तपुरमा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परिक्षण भएको छ। भक्तपुर नगरपालिका ६ को आयोजनामा बिहीबार पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर भएको हो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा गठित शिक्षा, स्वास्थ्य तथा संस्कृति समितिले नगर र नगरबासीहरूको शिक्षा, स्वास्थ्य तथा कला संस्कृति संरक्षणमा विशेष जोड दिंदै आइरहेको बताउनुहुँदै नपाले नगरका सबै वडाहरुमा घरदैलो सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले सबै वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरी नगरबासीहरु स्वास्थ्य स्थितिबारे तथ्यांक संकलनमा मद्दत पुगेको बताउनुहुँदै उहाँले स्वस्थ खानपान र जीवनशैलीले नसर्ने रोगको जोखिम घटाउने बताउनुभयो ।
भक्तपुर नगरलाई सफा र सुरक्षित नगरको रुपमा विकसित गर्न नगरबासीहरु नै सचेत हुनुपर्ने औंल्याउनुहुँदै प्रमुख प्रजापतिले नागरिक भावनाले व्यक्तिमा स्वार्थ मानसिकताबाट टाढा राख्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाको विकास निर्माणका गतिविधिहरुबारे अवगत गराउनुहुँदै भक्तपुर नपाले प्रदान गरिरहेको शैक्षिक ऋणका कारण विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्न समर्थ भएको बताउनुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालले     बढ्लिँदो समयसँगै नसर्ने रोगको जोखिम बढिरहेको बताउनुहुँदै महिलाहरु पाठेघर तथा स्तन क्यानसर बाट पीडित बनिरहेको समयमा भक्तपुर नपाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट धेरै महिलाहरु लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडा सदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवाल, शिक्षक गणेशराम थुसा र वडा नर्स रुसा बासुकलाले पनि बोल्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments