प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि फागुन ११ पछि फैसला आउने संकेत गरेका छन् । आज एमिकस क्युरीको राय सकिएपछि राणाले त्यस्तो संकेत गरेका हुन् ।
संवैधानिक इललासमा आज एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय प्रस्तुत गरेपछि इजलासमा बहस सकिएको छ । त्यसपछि कानुनी व्यवसायीहरुले निर्णय कहिले आउँछ भनी सोधेका थिए । त्यसको जवाफमा प्रधानन्यायाधीश राणाले ११ फागुनपछि कुनै पनि दिन फैसला आउनसक्ने आशय व्यक्त गरेका थिए ।
राणाले १० फागुनसम्म इजलासमा बहस नोट बुझाउन भनिएको उल्लेख गरेका थिए । त्यसपछि ११ गते देखि मुद्दा हेर्दाहेर्दैमा रहने बताएका थिए । यसको अर्थ फागुन ११ पछि कुनैपनि दिन फैसला आउने निश्चित छ ।
यसअघि संवैधानिक इजलासले माग गरेबमोजिम पाँच एमिकस क्युरीले राय दिएका थिए । हिजो वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र आज गीता पाठक संग्रौलाले राय दिएकी थिइन् ।


...

All Comments.......


Please Login/Register To Comments