अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारीमा टिपरले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको टिपरले बाटो क्रस गर्दै गरेको पैदलयात्री सिन्धुपाल्चोक बलेफी गाउपालिका वडा नं. ७ घर भई नाईटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने बर्ष ३५ को बलराम तामाङलाई ठक्कर दिंदा बलरामको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ठक्करपछि गम्भीर घाईते भएका तामाङलाई उपचारार्थ भक्तपुर अस्पताल पु¥याउदा डाक्टरले मृत्यु भएको जानकारी दिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । दुर्घटनापछि ठक्कर दिने बा ५ ख ४७९ नं. को टिपर केही अगाडिबीचको डिभाईडरको जगातीबाट सल्लाघारीतर्फ आउने लेनतर्फ कोल्टे परेर दुर्घटित अवस्थामा रहेको, घटनास्थलमा ब्रेक लगाएको डाम पनि देखिएको, तीब्र गतिमा गुडेको उल्लेखित टिफर बाटो काट्दै गरेका तामाङलाई जोगाउन खोज्दाखोज्दै ठक्कर दिई डिभाईडरमा कोल्टे परेको देखिएको छ । टिपर र चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ११ घर भएका बर्ष २९ का सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।...

All Comments.......


Please Login/Register To Comments