भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीको ढलबाट बुधबार बगेर बेपता नरबहादुर राउतको लाश बिहीबार ललितपुरको चापाँंगाउमा मृत अवस्थामा भेटिएको छ । भक्तपुरका चुनदेवीस्थित खुल्ला छाडिएको ढलवाट बगेका राउत ललितपुरको चापागाँउमा प्रहरीले गरेको खोजतलासको क्रममा मृत अवस्थमा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ना ६ ख १६१६ नम्वरको गाडीमा सिमेन्ट लिएर फर्केका उनी ६ लेन राजमार्गको सर्भिस टेयाक्टवाट जाने क्रममा सडकभरि भरिएर नदेखिएको ढलबाट बगाएर बेपता भएका थिए । उनी पानी भरिएको सडकवाट ट्रक लैजान भेलको गहिराई नाप्न जाने क्रममा भुमरीमा फसेर ढलभित्र पसेर बगाई बेपता भएका थिए । मृतकलाई परिवारले पहिचान गरिसकेकाले पोस्माटमपछि परिवारलाई जिम्मा लगाउने बताइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments