भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिहमा मासु पसलहरु अनुगमन गरियो । उहाँले भोजमा चिकेन विगंस् खाएर धेरै जना विरामी भएको गुनासोको आधारमा अनुगमन गरेको बताउनु भयो । अनुगमन गरिएकोमा धेरै पसलहरुमा  मासुको मुल्य फरक फरक देखिएकोले उपभोक्ता ठगी भएकोले जफत गरिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो । अुनगमनमा  भक्तपुर चिकेन हाउस दर्ता नविकरण गर्न, प्याकेजिङ्ग विग्रेको सामानहरु विक्रि वितरण नगर्न, फ्रिजको सरसफाईमा ध्यान दिन, खरिद र विक्रि गर्दा प्यान र भ्याट विल मात्र प्रयोग गर्न, एस एस बि मिट प्रडक्ट काठमाण्डौं खसिबुको खरिद विल प्यान र भ्याट विल प्रयोग नगरी इष्टिमेट विल प्रयोग गरी कर छली गरेको र भोजमा उक्त कम्पनीको चिकेन विंगस् खाएर धेरै जना विरामी भएकोले सम्बन्धि कम्पनी र विक्रेता भक्तपुर चिकेन हाउसलाई उपस्थित हुने निर्देशनका साथै तराजु एक थान जफत गरियो । न्यु चिकेन कोल्ड स्टोर पसल नविकरण गर्न, एप्रोन सेटो प्रयोग गर्न, पसल व्यवस्थित र सरसफाइमा ध्यान दिन, मासु राखेको दिफ्रिजमा दुध नराख्न र दुध मासु संगै राखे मासु विग्रने भएकोले नराख्न निर्देशन दियो। जय श्री ब्रम्हायणी कोल्ड स्टोरमा भुईं भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा मार्वल टायल राख्न, एप्रोन सेटो प्रयोग गर्न निर्देशन दियो । अनुगमनमा सदस्य रोशन मैया सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक छत्र बहादुर थापा र पशु सेवा कार्यालय भक्तपुरका लालमाया तामाङ्ग सहभागी थियो ।...

All Comments.......


Please Login/Register To Comments