शैक्षिक संस्थाहरु ९–१० महिना पछि बल्ल भौतिक उपस्थितिमा संचालन सुरु भएका छन् । तर विद्यालय संचालन संगै अभिभावकहरुलाई फेरि आफ्नो बालबच्चाहरुलाई विद्यालय पठाउन अप्ठ्यारो थप्ने काम नयाँ ट्राफिक नियमले गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । अहिले ट्राफिक प्रहरीले बिहान ९ः३० बजे र अपरान्ह ४ः३० बजे पछि विद्यालयको बस संचालन गर्न नदिने भने पछि व्यस्त रहेका अभिभावकहरु आफ्नो मजदुरी काम लगायतको व्यवसाय छोडेर बालबालिकाहरुलाई चाँडै बिहान ७ः०० बजे नै तयार गर्नु पर्ने अवस्था आयो । चाँडै पठाएपनि विद्यालयमा कक्षा संचालन त उहि १० बजे नै हुन्छ किनकी गाडीबाट नआउने विद्यार्थीहरु त १०ः०० बजे मात्रै विद्यालय आउने हुन्छ । चाँडै पुगेका विद्यार्थीहरु विद्यालयमा खेलिरहने हुन्छ । जसले गर्दा विद्यार्थीहरुको पढाई विग्रन सक्ने अवस्था आउन सक्छ भने उनीहरुको बानी व्यवहार विग्रने र कुलतमा फस्न सक्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले पनि हामीले बिद्यार्थीहरुको भविष्य माथि खेलवाड हुने कुनै पनि निर्णय गर्दा व्यापक अभिभावकहरुको हित र अभिभावकहरुसंग छलफल र समन्वयमा निर्णयहरु गर्दा राम्रो हुनेछ । त्यसैले अभिभावकहरुसंगको छलफल विना ट्राफिक प्रहरी निकायले गरेको निर्णय प्रति अभिभावक संघ नेपाल आपति जनाउँदछ । यसलाई पूर्ववत तरिकाबाट संचालन गराउन समेत अनुरोध गर्दछ साथै गाडी जामलाई मध्यनजर गरी गरेको कार्य हो भने अन्य उपयुक्त विकल्पतर्फ लाग्न अनुरोध गर्दछौं । अभिभावकहरुलाई मार्का पर्ने नियमहरु बनाएर समस्या पार्ने कार्य प्रति अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुर घोर आपति प्रकत गर्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गर्दछ । धन्यवाद ।...

All Comments.......


Please Login/Register To Comments