भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी लि.को १९ औँ स्थापना दिवसको उपलक्ष्यमा दिपावली र शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भएको समाचार छ । फागुन १५ गतेबाट विभिन्न कार्यक्रमका साथ शुरु भएकोे सो कार्यक्रमलाई संम्वोधन गर्र्दैै समदर्शी बचत तथा ऋण सहकारी लि. का अध्यक्ष श्री रामकृष्ण मानन्धरले सदस्यहरुका हरेक समस्यालाई सम्वोधन गर्न संस्था क्रियाशील बनेको कुरामा जोड दिंदै संस्था आजको अवस्थासम्म बिकास हुनुमा सबै सदस्यहरुको देन रहेको कुरा बताए ।
    संस्थाको महिला तथा बालवालिका उपसमितिको संयोजनमा सम्पन्न सो कार्यक्रममा कोषाध्यक्ष श्री सूवर्ण केशरी दुवालले संस्थाले प्रदान गरेको सुबिधाहरुलाई सदस्यहरुले अधिकत्तम लाभ उठाउनु पर्ने कुरामा जोड दिए ।  
 महिला तथा वालवालिका उपसमितिका संयोजक श्री लक्ष्मी केशरी सुजखूको  अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सोही उपसमितिकी रेणु त्वानाबासुले पनि बिचार व्यक्त गरेका थिए ।...

All Comments.......


Please Login/Register To Comments