भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।
आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ।
फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११४, डिजेल र मट्टितेलको मूल्य रु ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य रु ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य रु एक हजार ४०० तोकिएको छ ।
उक्त मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा एक अर्ब ५४ करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ। आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ। सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ ।
नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर रु १०.०६, डिजेलमा रु  ८.२२, मट्टितेल नोक्सान हुने जनाइएको छ।...

All Comments.......


Please Login/Register To Comments