सरकारले फागुन २३ गतेदेखि देशभरका ६५ वर्षमाथिका सम्पूर्ण सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । देशभरका जिल्लाजिल्लामा सर्वसाधारणका लागि टोलटोल वडावडाबाट निशुल्क रुपमा खोप दिन लागेको हो । 
जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले विहीबार पत्रकारसँंग गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ जनस्वास्थय अधिकृत कृष्णबहादुर मिजारले भक्तपुरमा त्यसको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । 
जिल्लाका चार वटा नगरपालिकाहरुमा त्यसका लागि ४२ वटा केन्द्रहरु रहने जानकारी उनले गराए । जिल्लाको चाँंगुनारायण नगरपािलकामा ११ वटा, सूर्यविनायक नगरपालिकामा ११, मध्यपुर थिमि नगरपालिकामा १० र भक्तपुर नगरपालिकामा १० गरी ४२ वटा केन्द्रहरुमार्फत जिल्लाभरका ६५ वर्षमाथिका सम्पूर्ण सर्वसाधारणलाई खोप दिइने जानकारी उनले गराए । त्यस हिसावले जिल्लामा ४६ हजार वढीले निशुल्क खोप पाउने भएको जानकारी उनले गराए । 
प्रत्येक खोप केन्द्रमा कम्तीमा एक जना भ्याक्सिनेटर र तीन जना सहायक गरी कम्तीमा चार जना रहने वन्दोवस्त रहेको उनले जानकारी गराए । 

...

All Comments.......


Please Login/Register To Comments