नेपालको हरेक संयन्त्रमा पितृ सत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरण चुनौती थपिएको राष्ट्रिय महिलाआयोगकी अध्यक्ष कमला पराजुलीले बताएका छन् ।नेवाःपत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिमहिलाविभागले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै आयोगका अध्यक्ष पराजुलीले पितृ सत्तात्मक सोच पुरूषहरूमा मात्र नभइराज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको अन्त्यकालागि सबैमा जागरण आवश्यक रहेको बताउनु भयो ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा संयुक्त राष्ट्र संघले यस दिवसलाई महिला दिवस मात्र भने पनि यसको सुरूवात श्रमिक महिलाले समान पारिश्रमिक पाउनु पर्ने मागभएको भन्दै सबै महिला श्रमिक भएका कारण पनि श्रमिक महिला दिवस भन्नु उपयुक्त रहेको उनको भनाइ थियो ।

महिलाजीवनलाई बालिका, किशोरी, वयस्क, जेष्ठ र वृद्ध अवस्थागरी ५ अवस्थामाविभाजनगर्न सकिने बताउँदै अहिले वयस्कमहिलाको मात्र समस्याको कुरा भइरहेको चर्चा गर्दै आरामगर्नु पर्ने उमेरमा समेत वृद्ध अवस्थाकामहिलाहरु घरका विभिन्नकाममा सक्रिय रहनु पर्ने स्थिति समाजमा रहेको र नातिनातिनालाई हेर्न र खाजापकाएर खुवाउने लगायतकामगर्न नसकेको अवस्थामाअवस्थामा छोरा बुहारीले घरबाटै निकालीदिने भोगाइरहेको बताए ।

कार्यक्रममामहिला हिंसा न्यूनिकरणका लागिक्रियाशीलपत्रकारहरू मीरा (उषा) लोहनी, लक्ष्मीपुन र सम्झनामहर्जनका साथै समाजसेवीगीता गुरूङ्गलाइदोसल्लाओढाइ सम्मानपत्रप्रदानगर्दै सम्मानगरिएको थियो ।
महिला हिंसान्यूनिकरणमापत्रकारको भूमिकाविषयकअन्तरक्रियामामानवअधिकारका लागिमहिला एक महिला समूहकी संस्थापकअध्यक्षएवम् राष्ट्रिय महिलाआयोगका सदस्यलिलिथापा र सिविन नेपालयाकार्यकारी निर्देशक सुम्निमातुलाधरले प्रमुखवक्ताका रूपमामहिला र बालिकाहरूले भोगिरहेका हिंसाका घटना सम्बन्धमाआफ्ना कुरा राखेका थिए ।वक्ताथापाकाअनुसार जस्तोसुकै नीतिनियमतथा सोचमा परिवर्तन आयो भनेपनि सनसनी फैलाउने विषयहरुले स्थानपाउने तर महिला सशक्तिकरणका विभिन्नमुद्दाहरुले संचार माध्यममाअझै निकै कममात्रस्थानपाएको उल्लेख गरे । जबसम्म सबै एक भएर साझा मुद्दाका रुपमाआवाज उठाउन सकिँदैन तबसम्म परिवर्तन टाढिँदै जाने उल्लेख गर्दै यसकालागि राजनीति, जाति, धर्मभन्दा पर मात्रमहिलाआवाज उठाउने महिलामहासंघ आवश्यक रहेको बताए ।
अन्तरक्रियामाबालवालिकाप्रतिहुने दुब्र्यवहार र हिंसाकाविषयमाआफ्नो मन्तब्य राख्दै देशकाउच्चपदस्थब्यक्तिहरुको स्थानमा सडक बालबालिका, बालश्रमिकहरुको रहेको हेर्न चाहने कि नचाहने भनीप्रश्नगर्नुभयो । बालबालिकाहरुप्रतिहुने हिंसा न्यूनिकरणका लागिअध्ययन अनुसन्धानमहत्वपूर्ण छ तर यसकालागिकति संचार माध्यमले लगानी गर्छ ?निडर, निर्भिक भइअध्ययनमाकुनै किसिमको असुरक्षाअनुभूतिभए संचारकर्मीसाथ संचार माध्यम उभिनुपर्छ, पत्रकारमादक्षताअभिबृद्धि तथा मुद्दाका बारेमा लेख्ने पत्रकारको सुरक्षाकाविषयमाध्यान जानुपर्छ भन्नु भयो । बालबालिका उद्धारमा समाचारको प्रभावले सकारात्मक परिणामहरु आएका छन् तर पीडितका पछि लाग्ने संचार माध्यम पीडक पछाडी सक्रियभएर लाग्नु पर्ने बताए ।

कार्यक्रमकाअतिथिमानवअधिकारका लागिमहिलाएकलमहिला समूहकाअध्यक्षकुन्ताशर्माले नेपाल सरकारका विभिन्नप्रावधानहरुबारे लक्षित समूहसम्मती सूचनापुग्न सकेको छैन भन्दै अभियानको उपलब्धिमध्ये विभिन्न संयन्त्रमामहिला समावेशीकरणको अभ्यास पनिभयो तर तिनै स्थानमाप्रतिनिधित्वगर्ने महिलाहरुले आवाज राख्ननसकेको अवस्थाएकातिर छ भने अर्कोतिर उठाएको आवाजपनि सम्बोधननहुने अवस्था छ । यीअवस्था परिवर्तनमा संचार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

कार्यक्रममा नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीयअध्यक्ष सुरजवीर बज्राचार्यले दबूले राज्यको असमानब्यवहारकै कारण नेवाःपत्रकार संगठित भएको उल्लेख गर्दै महिला हिंसा तथाबालबालिकाप्रतिहुने हिंसा न्यूनिकरणमा दबूमा आवद्ध पत्रकारहरुनिरन्तर सक्रिय रहने प्रतिवद्धता ब्यक्तगर्नुभयो । उनले सूचनाको शक्तिबाट समाजमा परिवर्तन ल्याउनअनुभवी, विद्वतवर्गसँग अन्तरक्रियापनिनिरन्तर गर्दै जाने बताए ।

महिलाविभागप्रमुखएवम् पत्रकार राष्ट्रिय दबूकाकेन्द्रीयउपाध्यक्ष रचनाश्रेष्ठको सभापतित्वमाभएको कार्यक्रममादबूका केन्द्रीय सहसचिव प्रेरणा शाक्यले स्वागतमन्तब्य राखेका थिएभने कार्यक्रम संचालनदबूका केन्द्रिीय सदस्य सुनीतामहर्जनले संचाल गरेका थिए ।  यस कार्यक्रममापत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाशाखाकी सदस्यएवम् स्वास्थ्यकर्मी विमलामानन्धरले यौन हिंसा सम्बन्धीजनचेतनाअभिवृद्धिका लागि संस्थाहरूले गरिरहेका प्रयासको बारेमाप्रश्न राखेका थिए ।विभागकामीनाबज्राचार्य, अनितामहर्जन, रूविश्रेष्ठले कार्यक्रमब्यवस्थापनमा सहयोग गरेका थिए ।
...

All Comments.......


Please Login/Register To Comments