बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङले १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली महिलाहरुलाई शुभकामना दिएकी छिन् ।

उनले राजनैतिक, सामाजिक र आर्थिक दृष्टिले लैंगिक समानताको प्रतिकका रुपमा विश्वभरी मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवस नेपाली महिलाहरुका निम्ति पनि उर्जा र प्रेरणाको रुपमा रहने विश्वास व्यक्त गरिन् । धेरै ठूलो त्याग र बलिदानपछि पनि महिला अधिकार र लैंगिक समानताको सवालमा अझै समस्याहरु ब्याप्त रहेकोकोमा चिन्ता व्यक्तगरिन् ।

महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको उनले उल्लेख गरिन् ।

उपसभामुख तामाङले २१ औं शताब्दिको विकसित अवस्थामा पनि लैंगिक विभेद, बलात्कार र बेचविखन जस्ता मानव सभ्यताकै कलंकबाट मुक्त हुन नसक्नु दुःखद कुरा भएको बताइन् ।

विवेकशील र अग्र चेतना भएका मानवले नै आफ्नो समाज र सभ्यतालाई सुसंस्कृत र समृद्ध बनाउनुपर्ने भन्दै यसका लागि सबैलाई जिम्मेवार भएर लागि पर्न १११ औं अन्तर्राष्ट्रिय महिला दिवसले प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरिन् ।
...

All Comments.......


Please Login/Register To Comments