जय भीमसेन साकोस गोल्मढी भक्तपुरको आयोजनामा दुईहप्ते उदघोषण तालिम सोमबारदेखि सुरु भएको छ । तालिम उदघाटन कार्यक्रममा संस्थाका अध्यक्ष रामकाजी शिल्पकारले सामाजिक उतरदायित्व अन्तर्गत सदस्यहरुको वाक शक्तिको विकासका लागि तालिम दिएको बताए । उनले संस्थाका सदस्यहरुमा बोल्ने कला विकास तालिमपछि हुने विश्वास व्यक्त गरे ।
संस्थाको शिक्षा उपसमितिका अध्यक्ष एवं कार्यक्रमका सभापति श्यामसुन्दर कवाँंले सञ्चार सही तरिकाले हुन सकेन भने गलत अर्थ लाग्ने भन्दै सही अनि प्रभावकारी सञ्चारका लागि तालिम आयोजना गरेको बताए । तालिमका प्रशिक्षक सिमान्त शिल्पकारले एक हिसावले दुई हप्ताको समय लामो लागे पनि त्यो समय शिप विकासका लागि पर्याप्त नभएको बताए । कार्यक्रममा संस्थाका सचिव बृद्धराम शिल्पकारले उदघोषण गरेका थिए ।
...

All Comments.......


Please Login/Register To Comments