भक्तपुर नगरपालिका वडा नं। २ वर्खेपाटी स्थितमा रहेको सार्वजनिक पाटीभित्र एकजना व्यक्ति मफलर गम्छाको पासो लगाई झुण्डीएको अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गई हेर्दा एकिन नामथर वतन नखुलेको, गहुँ गोरो बर्ण, पातलो शरिर, बाँया हातको चोरी औलाको फेदमा ब् लेखेको ट्याटु खोपेको, फ्रेन्च कट दाह्री काटेको, क्षेत्री बाहुन जस्तो देखिने अन्दाजी ३० बर्षको पुरुष व्यक्ति झुण्डी मृत्यू भएको अवस्थामा फेला परेको हुँदा घटनास्थल तथा लाश जाँच मुचुल्का गरी मृतक शवलाई पोष्टमार्टमको लागी भक्तपुर जिल्ला अस्पताल भक्तपुर पठाइ थप अनुसन्धान कार्य भइ रहेको ।
साथै, माथि उल्लेखित हुलिया भएको मृतकको आफन्तजनहरु हाल सम्म पनि सम्पर्कमा नआएकोले कोही कसैले चिन्नु भएमा तुरुन्त यस कार्यालयको मोवाइल नं। ९८५१२८३०२०, फोन नं। ०१(६६१४७०८ मा सम्पर्क गरी प्रहरी अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।   


...

All Comments.......


Please Login/Register To Comments