काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश कार्य समितिको अध्यक्ष र उपाध्यक्ष मनोनय गरेको छ । राप्रपाका त्रय अध्यक्षबाट पार्टीको विधान बमोजिम प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्षमा मनोनयन गरेको राप्रपाले जनाएको छ । जसमा प्रदेश नं. १ को अध्यक्षमा रामकुमार थापा र उपाध्यक्षमा सगुनसुन्दर लावती रहेका छन् । त्यस्तै प्रदेश  २ को अध्यक्षमा रामचन्द्र राय र उपाध्यक्षमा महेशलाल महासेठ रहेका छन् । त्यस्तै गण्डकी प्रदेशको अध्यक्षमा हेमजंग गुरुङ्ग र उपाध्यक्षमा महेश्वर रोक्का रहेका छन् भने लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप कुमार उदय र उपाध्यक्षमा कैलाश गुरुङ्ग रहेका छन् । त्यस्तै कर्णाली प्रदेशको अध्यक्षमा दिप बहादुर शाही र उपाध्यक्षमा जनक सिंह ठकुरी रहेका छन् ।...

All Comments.......


Please Login/Register To Comments