जवान किसान के ?
कुमार लघु
जवान किसानले खेती
कहिले  धानको खेती
कहिले नगदे बाली
त्यो हो काउलि र वन्दा खेती
त्यसमै जोडेर मूलाको खेती
अझै काँक्रो वारी
कहिले गँहुको वाली
त्यति वेलै गोलभेडाको खेती
त्यही किसानले गर्दा
देशै कृषि प्रधान देश भनी
प्रधानमन्त्रीको आऊरे वाऊरेहरू
सुटेट वुटेट भई हसुरे
किसानको नामले
कृषकको  नाममा आएको
अनुदान नै विचैमा झ्वाम
हिलो र माटोमा खुट्टा नटेकनेले
कृषकको अनुदानको रकमले
रक्सीको बोटल ठ्याम ठ्याम
खोल्न थाले पछि
हालत कौसी खेतीमा सिमित
नहुनु त के होस् त?
किसान जिन्दगीमा राम्रो खाने
मिठो खाने सपना लिएर
जिन्दगी वितेको पत्तै पाएन !
नयाँ आवास र सुकिलो लुगा लगाउने
आसै आसमा पुरानो लुगा फाटेको
जतन गर्दा गर्दै पुस्तौ पुस्ता
खेतीपातीमै जीवन लगानी भै सकेछ
आहा मेरो बाजेले कामाएको इज्जत
सागपातको किसानी ज्यान निरोगी
आजै पनि शाहाकारी जवानी
पत्तै नपाई माशाहारी जिवनले मुक्त ?
अझै असारको मौसममा
मेरो वाजेले माल्दा आँप किनी
मेरो र मेरो परिवारको आयु लम्विएको !
उहिले माछा र मासुखान चाँडवाड
पर्खिनु पर्थ्यो
मिठो चपाउन भाइ तिहार र
 भातमा चाकु राखेर  खान असार कुर्नु पर्थाे
हालसालै पनि भयो धेरै
ननिलौ यो अनुरोध
हो या होईन सोचेर खाऔ र पिऊ
मेरो बाजेले असारमा खाना खान
एक रोपनी खनी खाना खान
धानको विऊ रोप्नलाई ठिक पार्थे
आजकल युवाहरू विहान
आठ वजे उठ्छन् त देश
के होला? र !
आजकलका भासेभुसे प्रधान र
मन्त्रीहरू के खाएर ?
के देस विकास उभो लाग्ला
उहुम म त सास छउजेल
आस गर्ने वानी त्यागी सकेको
जवान हु ?
भक्तपुर ,नेपाल



...

All Comments.......


Please Login/Register To Comments