भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मिति २०७७ फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भइरहेको भलिबल प्रतियोगिताको समापन कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरलाई शिक्षा, स्वास्थ्य सँगसँगै खेलकुद क्षेत्रमा खेलाडीहरु अगाडि बढ्नुपर्ने बताउनुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न समेत प्रेरित गर्नुभयो ।
भलिबल प्रतियोगिताको छात्रतर्पm श्री पद्म मा.वि.ले प्रथम स्थान, वागीश्वरी मा.वि.ले द्वितीय स्थान तथा ख्वप मा.वि.ले तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाई प्रमुख प्रजापतिले पदक तथा प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।
त्यसैगरी छात्रातर्पmको भलिबल प्रतियोगितामा उत्कृष्ट हुन सफल श्री पद्म मा.वि.ले प्रथम स्थान, ख्वप मा.वि.ले द्वितीय स्थान र वागीश्वरी मा.वि.ले तृतीय स्थानका खेलाडीहरुलाई उपप्रमुख रजनी जोशीले पदक तथा प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।
छात्रतर्पm उत्कृष्ट खेलाडीको उपाढी श्री पद्म माविका प्रदिप तोलाड्ड घोषित भएको थियो भने छात्रातर्पm श्री पद्म माविकै स्मृति खड्काले सो उपाढी हासिल गरेको थियो ।
आज सम्पन्न प्रतियोगिताका सबै उत्कृष्ट विद्यालयहरु र उत्कृष्ट खेलाडीहरुलाई ट्रोफी वितरण चैत्र ३ गते हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको समापन समारोहमा ट्रोफी वितरण गरिनेछ ।

...

All Comments.......


Please Login/Register To Comments