फैसला
  • Post Date 2021-03-15 06:34:31

डा इन्दुल केसी
कुर्सीको लुछाचुँंडीमा जनप्रतिनिधिहरु व्यस्त
विश्वास, अविश्वासको नयाँं खेलमा सवै मस्त
संसद भंग र पुनस्थापनाका पक्षहरु सवै
आफनै स्वार्थपूर्तिका लागि विवेकहिन निर्णयमा मग्न ।

सुर न तालको आआफनो दम्फु बजाउँंदै 
आरोप पत्यारोपको जुहारी गीत गायन
एउटा फैसलामा झगडिया, दुवै पक्षको स्वीकार
लाज शरम पचेकाहरुलाई धोती फुस्केको के मतलब ?

मुकसारी, बोकाहा वकिलहरुको ताँंती
तर्क, वितर्क, कुतर्क, दलिल नजिरहरु प्रस्तुत
सञ्चार जगतमा पित पत्रकारिताको कालो बादल
निमुखा जनतालाई बेल पाक्यो, हर्ष न विस्मात ।

न्याय मन्दिरभित्र थरीथरीको न्यायमूर्तिहरु
आफनै स्वविवेकमा नयाँंनयाँं फैसला
फैसलाको परिणाम झगडालुहरु सवै तितरवितर
आयुक्तहरु, नेताहरु सवैको असक्षमताको पर्दाफास ।

जित हारको परिणाम पुनरमुसीको भब
कंगाल राष्टको ढुकटी रित्याउने खेल
कानुन मिची दल दर्ता गर्ने गराउनेहरुको 
अयोग्यता असक्षमताका पर्दाफास, फैसला ।

...

All Comments.......


Please Login/Register To Comments