भक्तपुर, १ चैत । २०४६ सालको जनआन्दालोनमा फागुण ८ गते निरंकुश पञ्चायती व्यवस्थाले दोश्रो विश्व युद्धमा समेत प्रतिबन्ध लागेको दमदम गोलीले साहदत्त प्राप्त भक्तपुरका सहिदहरुको स्मरणमा भक्तपुर नगरपालिकाले अन्तर नगर खेलकुद प्रतियोगित र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता गर्दै आए अनुसार भक्तपुर नगरव्यापी विद्यालय स्तरीय फुटसल प्रतियोगिता ४ नं वडाध्यक्ष कुमार चवालले रेफ्रिहरु जोन महर्जन र राजेश शाक्यलाई फुटसल बल हस्तातरण गरी उद्घाटन गर्नुभयो । 
प्रमुख अतिथि कुमार चवालले हारजित भन्दा पनि मित्रवत भावना र अनुशासित रुपमा खेल्नु पर्ने बताउनुभयो । उहाँले खेलकुदले नयाँ पुस्ताका युवा विद्यार्थीहरुलाई विकृतिबाट बचाई शारीरिक तन्दुरिस्त बनाउँछ भन्नुभयो । 
कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका संयोजक एबम् १ नं वडाध्यक्ष श्याम कृष्ण खत्रीले युवाहरु भविष्यका कर्णधार भएकोले देशको रक्षा र सार्वभौमसंग जोडिएको बताउनुभयो । 
कार्यक्रममा ७ नं वडाध्यक्ष उकेश कवाँले स्वास्थ्यको लागि खेलकुद भन्दै अनुशासित रुपमा खेल्न अनुरोध गर्नु भयो । 
कार्यक्रममा भक्तपुर जिल्ला खो खो संघका अध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष  गौतम सुजखु, उपाध्यक्ष रामकृष्ण प्रजापति पनि बोल्नु भएको थियो भन्ने २ नं वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रशिक्षक इन्द्र प्रसाद राजलवट, भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजापति, रघु प्रजापतिको सहभागीता रहेको थियो । 
उद्घाटन खेल बासु माबि. विरुद्ध प्रभात ईङ्गलिस माबि बीच भएको खेलमा ०–४ गोलले प्रभातले जीत हासिल गरे । पारागन एकेडेमी र शान्ति निकेटन माबि बीच भएको खेलमा ४–२ पारागनले जीत हासिल गरे । बागिश्वरी माबि र सन साइन नेसनल स्कूल बीच भएको खेलमा २–४ गोलले सनसाइनले जीत हासिल गरे । डेमोस ई. स्कूल र मेघा माबि बीच भएको खेलमा ३–०ले डेमोसले जीत हासिल गरे । पद्म उमाबि र अक्सफोर्ड प्राक्टिकल ई. स्कूल बीच भएको खेलमा ०–१ ले अक्सफोर्डले जित हासिल गरे । वाइजल्याण्ड ई.स्कूल र गोल्डेन गेट बीच भएको खेलमा १–२ गोलले गोल्डेन गेटले जित हासिल गरे । ग्लीटर फ्युचर ई.स्कूल र जेन्युइन बीच भएको खेलमा ३–२ ग्लीटर फ्युचरले जित हासिल गरे । ख्वप्रिङ्ग एकेडेमी र मिनर्वा ई.स्कूल बीच भएको खेलमा ०–२ गोलले मिनर्वाले जित हासिल गरे । 
प्रिक्वाटर फाइनल खेलमा हिमालयन ग्लोरी ई.स्कुल र प्रभात ई.माबि बीच भएको खेलमा ०–१ ले प्रभातले जित हासिल गरे । पारागन एकेडेमी र सूर्यदय माबि बीच भएको खेलमा २–० गोलले पारागनले जीत हासिल गरे । प्रोक्सिमा इन्टरनेशनल एकेडेमी र सनसाईन नेशनल माबि बीच भएको खेलमा ०–१० गोलले सनसाईनले जित हासिल गरे । गोल्डेनगेट र विद्या आर्जन बीच भएको खेलमा ३–४ गोलले विद्या आर्जनले जित हासिल गरे । ग्लीटर फ्युचर र क्रियटिभ बीच भएको खेलमा ३–४ले क्रियटिभले जित हासिल गरे । डेमोस र न्यातापोल बीच भएको खेलमा १–० गोलले डेमोसले जित हासिल गरे । रोम्बस र मिनर्वा बीच भएको खेलमा ५–२ ले रोम्बसले जित हासिल गरे । अक्सफोर्ड र जागृती बीच भएको खेलमा ४–३ गोलले अक्सफोर्डले जित हासिल गरे ।
क्वाटर फाइनल खेलमा प्रभात विरुद्ध पारागन बीच भएको खेलमा २–१ गोलले प्रभातले जित हासिल गरे । सनसाइन र विद्या आर्जन बीच भएको खेलमा २–० गोलले सनसाइनले जित हासिल गरे । क्रियटिभ र डेमोस बीच भएको खेलमा ०–६ गोलले डेमोसले जित हासिल गरे । रोम्बस र अक्सफोर्ड बीच भएको खेलमा ५–४ गोलले रोम्बसले जित हासिल गरे ।
भोलि विहान ९ः०० बजे सेमि फाइनल खेल प्रभात ई.माबि र सनसाइन नेशसन माबि बीच हुनेछ भने अर्को डेमोस र रोम्बस बीच हुनेछ । फाइनल खेल दिनको १२ः०० बजे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण समेत हुने प्रशिक्षक इन्द्र राजलवटले बताउनुभयो । 

...

All Comments.......


Please Login/Register To Comments