भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा बागमति प्रदेशस्तरीय बीर गणेशमान सिंह बक्सिङ प्रतियोगितमा भक्तपुर जिल्लाबाट सहभागी खेलाडीहरुलाई बधाई ज्ञापन एवम् रात्री भोजको आयोजना बालाखु निर बज्र होटेलमा मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल बक्सिङ संघका कोषाध्यक्ष गौतम सुजखुले खेलाडीहरु भनेको संघका खम्बा भएको बताउँदै प्रतियोगितामा निष्पक्ष तरिकाले निर्णय नभए पनि अपशोच नमानि लगनशील र इमान्दार पूर्वक खेल खेल्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले खेलाडी भनेका राष्ट्र गहना भएकोले खेलाडीहरु अनुशासित, सभ्य र शिष्ट हुनुपर्ने बताउनु भयो । उहाँले खेलाडीहरु समाजलाई आगाडि दो¥हाउने सेलिब्रेटि भएकोले खेलाडीहरु जथाभावी गरी हिड्ने र जाँडरक्सि र चुरोत खाएर हिडे खेलाडीहरुको सम्मानमा अबमुल्यन हुने भएकोले आज्ञारार्थी शब्दहरु प्रयोग गरेर बोल्नु पर्ने समेत बताउनुभयो । उहाँले खेलमा निर्णायकले धाँधली गरे दर्शकको मन जित्न सक्नु नै सफलता हासिल गरे सरह हुने बताउनुभयो । उहाँले खेललाई जीबनको अभिन्न अंगको रुपमा विकास गरी विदेशमा देशको झण्डा फहराउन सक्ने भनेको खेलाडीले मात्र भएकोले ठूल्ठूला देशहरुलाई जित्न सक्ने एउटा चिज भनको खेल भएको बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षक केदार तुईतुइले पनि शुभकामना दिनुभएको कार्यक्रममा संघका सम्पूर्ण पदाधिकारी र खेलाडीहरुको सहभागी रहेको थियो ।
...

All Comments.......


Please Login/Register To Comments