चीनमा फेरि कोरोनाको त्रास
काठमाडौं – चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलने खतरा बढेको छ । खतरा वढेपछि राजधानी बेइजिङमा कडाइ गरिएको छ । बेइजिङका धेरैजसो जिल्लाका विद्यालय, खेलकुद स्थल तथा मनोरञ्जन स्थलहरु बन्द गरिएको छ ।
वुहानमा देखिएको महामारी नियन्त्रणमा आएको घोषणापछि आवश्यक सावधानी अपनाएर आममानिसको जनजीवन सहज बनाइए पनि फेरि संक्रमण देखिएपछि बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ ।
एजेन्सीहरुका अनुसार राजधानी बेइजिङ प्रवेशमा कडिकडाउ गर्न थालिएको छ । कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो ।
सिन्फाडी भनिने मार्केटमा ७९ जना संक्रमित फेला परेपछि उक्त मार्केटका ब्यवस्थापक बर्खास्त भएका छन् । उक्त होलसेल मार्केटमा मात्रै १० हजार जना कार्यरत रहेको बताइन्छ ।
बेइजिगलगायतका शहरमा फेरि लकडाउन सुरु गरिएको जनाइएको छ । स्कुल कलेजहरु बन्द गरिएका छन् ।
यता नेपालको काठमाडौंमा पनि पनि कोरोनाका संक्रमण वढ्दो छ । काठमाडौं उत्यकामा फेरि कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो पटक सोमबार उपत्यकाका पाँच जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ६ हजार दुई सय ११ जना पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन्।

  • Shares

All Comments...


Please Login/Register to comment.