पूर्खाले खर्पन र डोकोमा नाम्लो राखेर भारि बोकिन्थो 
आजै डाँडाकाँडामा नून तेल र घ्याम्पा ओसार्न ,
चलेकैछ ,
त्यो डोको र खर्पन गाउँघरमा 
पहाडमा किसानले भारि ओसार्न खर्पन अध्यावधि चलाएकैछ 
पाहाडमा यातायात पुगेको खोई 
नपुग्या होईन कम पुग्यो 
पानी लिन तीन घण्टा हिड्नु पर्छ ,
अझै डोकोमा गाग्रो राखेर नाम्लो लाउनपर्छ 
अझै मोटर नपुग्ने ठाउँमा खर्पन र डोको 
अनिवार्य बोक्नै पर्छ 
धन्य गाउँले जीवन ओहो ! 
डाउरा,स्याउला र खेतमा मल बोक्नलाई चाहिरहन्छ 
यता उपत्यकामा किसान दाजु भाईलाई खर्पन 
उता गाउँमा भारि ओसार्न गाई ,गोरू र गधा प्रचलन ल्याए 
यता हाम्रा छोरा र छोरीले डोको र खर्पनलाई हेला गरे! 
हाम्रो ज्यान दरो र बलियो त्यही डोकोले पा–र्याे 
जति काम गरे उति ज्यान डोको र खर्पनले पारि शान  दियो
आजकल हिमाल चढ्न सघाउने सहयोगिले त्यही 
डोकोले रोजगार लिई परिवार पाल्ने धेरैछ 
सगरमाथा चढनेलाई त्यही डोकोको साहारले निकै सघाएछ
डोको र खर्पन जोगाउनु पर्छ 
भावि सन्तानहरूलाई महत्व र उपयोगिता बताउनु पर्छ 
धुलिखेलको हेरिटेज होटेल धुम्दा पुरानो वस्तुको संरक्षण 
गरेकाछन् ,
डोको र खर्पन सामान बोक्न महत्वपूर्ण ज्याबल 
आज यो घर र स्टोरमा कमै होलान् 
 युवायुवतीले कल्पना गर्नुस् डोको र खर्पन कता होला ?
डोको र खर्पन बोक्ने हामी सवै किसान एक होऔँ ।
...

All Comments.......


Please Login/Register To Comments