भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनमा बर्ष २८ अंक ९ र २०७७ चैत ३ गते मंगलवार प्रकाशित श्रमिक साप्ताहिकको अन्तरक्रिया जुम मार्फत शुक्रवार सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेमकिपा भनस अध्यक्ष नारायण बहादुर दुवालले पार्टी भनेको सिद्धान्त, विचार धाराले चल्ने भएकोले टाउको गन्ति गरी राष्ट्रिय पार्टीको विल्ला झुण्ड्याउनु भन्दा सिद्धान्त अनुसार काम गरेको छ छैन वा सिद्धान्त र विचार देश र जनतको हितमा छ कि छैन त्यसमा भर पर्ने बताउँदै तीन प्रतिशत मतसीमा असंबैधानिक प्रावधान खारेज गर्नु पर्ने र नगरेसम्म विरोधको कार्यक्रमहरु गर्दै जानु पर्ने बताउनु भयो । उहाँले जनवर्गिक संगठन विद्यार्थी, युवा र महिला संघलाई पनि सहभागी गराई अन्तरक्रियामा बोल्न लगाउनु पर्ने बताउनुभयो । उहाँले जनवर्गिय संगठनमा बासी कार्य गरेको कार्यकर्ताहरु जहाँ गएपनि पार्टीको विचार, सिद्धान्त अनुसार धारणा राख्ने र विशेष गरी महिलाहरु विहे भएर गएपछि आफ्नो भने भावनाले काम गर्ने भएकोले त्यहाँ पनि पार्टीको संगठन विस्तार गर्न सजिलो हुने बताउनुभयो । उहाँले संगठनमा बसे पार्टी, संगठन र अनुशासन के हो ? कसरी बोल्ने र समाजवाद र पूँजीवाद के हो सो समेत जानकारी प्राप्त हुने भएकोले नयाँ पुस्तालाई संगठनमा राख्नु पर्ने आवश्यकता बोध गर्नुभयो । उहाँले लेनिनवादी सिद्धान्त अनुसार प्रतिकृयावादी संघ संगठनमा गएर त्यसको कमि कमाजोरीहरु विरुद्ध संघर्ष गर्दै देश र जनतको हितमा काम गर्नु पर्ने भएकोले अहिलेको पुँजीवादी व्यवस्थाको कमि कमजोरी विरुद्ध संघर्ष गर्दै यसलाई जरैदेखि उखेल्ने काम गर्नु पर्छ भन्नुभयो । उहाँले सानो सानो कमितिहरु बनाएर काम गर्नु पर्ने बताउनुभयो । उहाँले भक्तपुर नगर आठौं शताब्दीमा स्थापना भएको भक्तपुर नगर विभिन्न कालखण्डमा समेत राजधानी रहेको स्थानको जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर भक्तपुर हटाएर अन्यत्र लाने प्रपञ्च रचेको तर्फ विरोध गर्दै पुरानो नगरको सम्पदा लगायतको महत्वपूर्ण बहुमुल्य कष्ठकला, धातुकला सरक्षित नहुने तर्फ सचेत गर्नुभयो । नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा रामकृष्ण प्रजापतिले जाली महाजाली पार्टी चिनौँ भन्ने प्रज्ज्वलको लेख र क्लारा जेटकिनको जीबनी बारे तुल्सी केशरी प्रजापतिले बोल्नु भएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments