भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा मंगलबार सल्लाघारी नपलीमा १५ वटा पसलहरु अनुगमन गरेकोमा ७ वटा दर्ता नभएकोले अन द स्पोट दर्ता गराएको र एउटा नविकरण गराएको बताउनु भयो ।
अनुगमनमा एस.पी. खाद्य स्टोरमा साइनवोर्ड राख्न, मुल्य सुचि राख्न, प्याकेजिड्ड सामानमा उत्पादन मिति सहित लेबल राखी मात्र विक्रि बितरण गर्ने र खाद्यको अनुज्ञापत्र लिईमात्र प्याकेजिड्ड गर्न निर्देशन दियो ।
एभरग्रिन व्युटि पार्लर तीन दिन भित्र दर्ता गर्न, खरिद विल सबै इष्टिमेट विल प्रयोग भएकोले प्यान वा भ्याट विल लिन र मुल्य सूचि राख्न निर्देशन दियो ।
मिना कष्मेटिक पसल दर्ता नभएकोले दर्ता गराएर मुल्य सुचि राख्न र पसल सफा र व्यवस्थित गर्न निर्देशन दियो ।
रमिला फेन्सी पसल तीन दिन भित्र दर्ता गर्न, साइन बोर्ड राख्न, मुल्य सुचि राख्न, खरिद विक्रि विल प्यान वा भ्याल विल प्रयोग गर्न निर्देशन दियो ।
सुरमा स्टोरमा पसल व्यवस्थित र सफा गर्न, मुल्य सूचि राख्न, खाद्य बस्तु र अखाद्य बस्तु छुट्टाछुट्टै राख्न र सोडा र साबुनको तल खाद्य सामान नराख्न निर्देशन दियो ।
बस्नेत खाद्यान्न स्टोरमा मुल्य सूचि राख्न निर्देशन दियो । रेखा स्टोर पसल साइनबोर्ड राख्न, मुल्य सुचि राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
उदयपुर मासु पसल, तुलसा सुन चा“दि पसल, गणेश दुघ डेरी पसल, थापा खाजा घर, रुपा खाजा घर र एभरग्रीन व्युटि पार्लर दर्ता नभएकोले त्यहि स्थानमा पसल दर्ता गराएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा सदस्य हरिराम सुवाल, श्यानिटेशनका व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक लव कस्पाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका पोष्टराज पोखरेलको सहभागी रहेको थियो ।...

All Comments.......


Please Login/Register To Comments