कीर्तिपुर । २०४६ सालको जनआन्दोलनमा भएका कीर्तिपुरका शहिदहरुको सम्झनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर कलेज महिला तथा पुरुष खोखो प्रतियोगिता हुने भएको छ । कीर्तिपुर नगरपालिका वडा नं १० र काठमाडौं जिल्ला खोखो संघको आयोजनामा प्रतियोगिता हुन लागेको मंगलबार यहाँं आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । सम्मेलनमा आयोजक काठमाडौं जिल्ला खोखो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले प्रतियोगिता चैत २० र २१ गते दुई दिन कीर्तिपुरमा दुई हुने जनाए । प्रतियोगिताको उदघाटन र पुरस्कार वितरण कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनबाट हुने जानकारी उनले गराए ।
सम्मेलनमा आयोजकमध्येका एक कीर्तिपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष अमन महर्जनले प्रतियोगिताका विजयीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्ने जानकारी गराए । हालसम्म पाँंच वटा कलेजहरुले प्रतिस्पर्धामा भाग लिने जानकारी गराएको उनले जानकारी गराए । २०४६ सालको जनआन्दोलनको क्रममा कीर्तिपुरमा चैत २० गते भएको विशाल यालीको क्रममा चार जना शहिद भएका थिए ।
...

All Comments.......


Please Login/Register To Comments