कुमार लघु
भक्तपुर । एस.एल.सी. २०३७ सालको शारदाका विध्यार्थी समूहको वनभोज चाँगुनारायणको मूलाकोट गढी त्रिशूलडाँडामा वार्षिक कार्यक्रमका संयोजक रमेश शाखको अगुवाईमा भयो ।
संयोजक रमेश शाखले वार्षिक रूपमा भएको कारोवार र हरेक वर्षमा साथीहरूसंग भेटघाट कार्यक्रम गर्दै अगाडि वढाउने भन्दै हिसाब कितावको विवरण र हामी पढेको एस.एल.सी. पास गरेको स्कूलले सहयोग मागेको कुरा जानकारी गर्नुभयो ।
कार्यक्रममा कृष्णभक्त लवजूले यस्तो वनभोजमा वर्षको एक पटक हुनेमा सवै साथीहरूलाई आई साथीहरूसित भेटघाटमा सरिक हुन अनुरोध गर्नु भयो । उपस्थित साथीहरूले यो समूहलाई अगाडि वढाउनलाई यस्तै निरन्तरता दिनु पर्ने सल्लाह दिनु भयो । 
यसरी भेटघात गर्नु राम्रै हो र ३६५ दिनमा साथीहरूलाई एक दिन जिरी भएपनि समय दिन जयप्रकाश वनले भन्नू भयो । विरेन्द्र हाडाले आउने नयाँ वर्षको अग्रिम हार्दिक शुभकामना दिनु भयो ।विकस नारायण चोकामीले यो भेटघाटमा समाहित भएर खुसीकुरा राख्नु भयो । कार्यक्रममा उद्घोषण सस्थाको सचिव कुमार लघुले कार्यक्रममा उद्घोषणको साथै स्वागत गर्नु भयो  ।
अन्तमा सभाको विर्सजन वालचन्द्र शर्माले हामी पढेको स्कूललाई  सहयोग गर्दै जाने कुरो भनु हुन्दै आजको युगमा सस्था हुनु महत्व पूर्ण हो भनुभयो  साथै सभा पानी अन्त गर्नु भयो ।

...

All Comments.......


Please Login/Register To Comments