भक्तपुरमा भएको पहिलो केएफटीसी नकआउट फुटसल प्रतियोगिताको उपाधि यतिएफसी ललितपुरले कव्जा गरेको छ । ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टर (केएफटीसी) को आयोजनमा भएको प्रतियोगितामा टिमयूआरएफसी भक्तपुर दोश्रो हुन सफल भए ।  भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरलगायतबाट गरी करिव ३८ वटा टिमहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई फुटवलका पूर्व राष्टिय खेलाडी बाबुकाजी धौबञ्जारले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा पहिलो हुन सफल टिमले २० हजार नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र र दोश्रो हुने टिमले १० हजार नगदसहित मेडल, ट्र«फी तथा प्रमाणपत्र प्राप्त गरे । साथै वेष्ट प्लेयरमा सुजल लिम्वू, वेष्ट किपरमा अजय बासुकला र फेयर प्ले टिममा भक्तपुर विलायट क्लव घोषित भए । उनीहरुलाई मायाको चिन्हो तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न गठित समितिका संयोजक इन्देश अवालले कोभिडबाट सुरक्षित राख्नका लागि आयोजकले सहभागीहरुलाई माक्ससमेत वितरण गरेको जनाए । साथै सहभागी दर्शकहरुलाईसमेत मास्क अनिवार्य गरेको उनले बताए ।
यसअघि पनि ख्वप फुटसल एण्ड टे«निग सेन्टरले भक्तपुरमा विभिन्न फुटसल टुर्नामेन्ट गरिआएकोमा केएफटीसी नकआउट फुटसल टुर्नामेन्ट भएको यो पहिलो हो । कोरोनासँंगै असामान्य भएको जनजीवनलाई समान्य बनाई नागरिकलाई स्वास्थ्य राख्न सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको जनाइएको छ । प्रतियोगिता भक्तपुरको सूर्यविनायक सुन्दरवस्तीस्थित ख्वप फुटसल एण्ड टे«निग सेन्टरमा भएको हो ।
ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले जुनियर टिम अन्तर्गत अन्डर १५ लाई फुटसल तालिम पनि दिंदै आएको छ । आमागी दिनमा ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी स्कुलस्कुलका विद्यार्थीलाई फुटसल तालिम दिने योजना रहेको कोच विकेश सुवालले बताए ।...

All Comments.......


Please Login/Register To Comments