भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्थालि.को खेलकुदउप समितिको आयोजनामा यही चैत १८ गतेदेखि स्थानीय वाकुपति नारायण स्थानमा भएको कसिमला पाँय् र बाघचाल(पेकुंधु) खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्नभएको छ ।
संस्थाले आर्थिकसँगै सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यवद्र्धक एवं सदस्य तथा गैर सदस्य लक्षित विभिन्न सिपमूलक तथा रोजगार मूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको संस्थाले जानकारी दिएको छ । यसै सिलसिलामाभएको उक्त खेलकुद प्रतियोगितामा उत्साहवद्र्धक सहभागिता रहेको आयोजकले बताएको छ ।


कसिमला पाँय् खेलमा ३७ जना सहभागी रहेकोमा हरिचन्द्र प्रजापति प्रथम, लक्ष्मीभक्त सुवालद्वितीय,इन्द्र बहादुर देउपाला तृतीय र सत्यनारायण दिदीया सान्त्वना हुन सफल भएका छन् । त्यस्तै बाघचाल (पेकुंधु) खेलमा १६ जना सहभागी रहेकोमा चन्द्र बहादुर ज्याख्वप्रथम, असलबहादुर प्रजापति द्वितीय, विष्णु सुवाल तृतीय र पुरुषोत्तम प्रजापति सान्त्वनाहुन सफलभएका छन् ।
नकआउट चरणमा खेलाइएको उक्तदुवै खेलका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका रवीन्द्र खर्वुजाले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार राशीको पुरस्कार, ट्रफी तथा प्रमाणपत्र सहित खेल सामग्रीएक÷एक सेट वितरण गर्नुभएको थियो । आयोजक समितिका संयोजक राजेश प्रजापतिको सभापतित्वमा भएको उक्तकार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापति, उपसमितिका सदस्यगंगा प्रसाद प्रजापतिले खेलकुद प्रतियोगितालाई निरन्तरता दिइरहने बताएका थिए ।
...

All Comments.......


Please Login/Register To Comments