भक्तपुर । ६४ औँ राष्टिय सहकारी दिवसको उपलक्ष्यमा समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को अयोजनामा एकदिने उपसमितिका पदाधिकारी एवम् सदस्यहरुको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भयो । समिति, उपसमितिका पदाधिकारी एवम् कर्मचारीहरु समेत सहभागी भएको सो कार्यक्रममा संस्थामा संस्थापक अध्यक्ष श्री हरिराम लवजूले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्री रामकृष्ण मानन्धरले समदर्शी हरेक हिसावले मोडलको रुपमा अगाडि बढिरहेको बताउँदै समिति उपसमितिहरुले आ आफ्नो तर्फबाट सक्दो योगदान र संस्थाले बोकेको भिजनलाई सार्थक बनाउन आग्रह गरे ।
संस्थाका सचीव श्री बिश्वबहादुर दुवालले प्रशिक्षणबाट सिकेका ज्ञान र सिप व्यवहारिक रुपले प्रयोग हुने बिश्वास व्यक्त गर्दै आउँदा दिनहरुमा सबै मिलेर अगाडि बढ्न सके संस्था अझ सबल बन्दै जानेकुरामा जोड दिए ।
संस्थाका उपाध्यक्ष श्री लक्ष्मी प्रसाद प्रजापतिले स्वागत भाषण गरेको सो कार्यक्रममा कोषाध्यक्ष श्री सुर्वण केशरी दुवाल , अवकास बचत हित उपसमितिका पशुपति भक्त राय,राजुराम मुनंकर्मी, स्वास्थ्य उपसमितिका बिरैन्द्रकाजी प्रधानाङ्ग, शिक्षा उपसमितिका श्री कासी राम प्रजापति लगायतले कार्यक्रम उपलब्धीपूर्ण रहेको बताए  ।
...

All Comments.......


Please Login/Register To Comments