धादिङ  । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा आजबाट बैशाख २ गते सम्म संचालन हुने गरी गजुरी महोत्सव सुरु भएको छ ।

चैत्र २४ गते कलाकारहरु आलिफ खान, शोभा त्रिपाठी, निश्चल थापामागर र लाईभ दोहरी कलाकाहरु र डान्स प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

महोत्सवमा २१ हजार प्रथम पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता पनि गरिने छ । नृत्य प्रतियोगितामा द्धितियले १५ हजार, तृतियले ११ हजार र सान्तोनाले ५ हजार प्रदान गरिने छ ।

महोत्सवमा शिव परियार, प्रमोद खरेल, दुर्गेश थापा, चन्द्र लामा, ज्योती मगर, पशुपति शर्मा, बद्री पंगेनी, प्रिती आले, रामजी खाँण, रमेशराज भट्टराई (बहुला), कमल खत्री, रमेश प्रसाई, भुमिका गिरी, दिपक खड्का, ढाकाराम पौडेल, शोभा त्रिपाठी, अलिफ खान (टिकटकर), प्रदिप त्रिपाठी, गिता सेन्चुरी, दिक्षा सुनार, पल्पसा डंगोल (सम्सुरी), सुरबीर पण्डित (दाह्री बा), बिन्दा परियार, राजकुमार बानियाँ, अनित बिष्ट, उमा श्रेष्ठ, अम्रत खाती, सम्राट चौलागाई, योगेश काजी लगायतका कलाकार आउने बताईएको छ ।...

All Comments.......


Please Login/Register To Comments