भक्तपुर । शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको आयोजनामा भक्तपुर जिल्लाव्यापी कलेज तथा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कलेज तथा विद्यालयका चालीस जना छात्रछात्राहरुले कविता वाचन गरेका थिए ।
दीप प्रज्वलन गरेर प्रतियोगिताको उद्घाटनपछि कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तिलकप्रकाशले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धिको लागि यसप्रकारको प्रतियोगिताले टेवा पुग्ने बताए ।
बाग्मती प्रदेशका सांसद रजनी जोन्छेको सभापतित्वमा भएको सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशी, महासचिव दयामान कर्माचार्य, सचिव उत्तम मल्ल र कवि हरिहर तिमिल्सीनाले पनि सम्बोधन गरेका थिए ।
प्रतियोगितामा विद्यालयतर्फ अपेक्षा लामा, समीक्षा न्यौपाने, आयुषा दंगाल, संयोग अभिकारी, श्रेया नेपाल र प्रवेश तिमिल्सीना पुरष्कृत भएका छन् भने कलेजतर्फ सुषमा तिमिल्सीना, सुस्मिता श्रेष्ठ, रोमिका शर्मा, आदर्शबाबु ढकाल र इन्दिरा नेपाल पुरष्कृत भएका छन् । प्रतियोगिता मध्यपुर थिमि नगरपालिकासितको सहकार्यमा भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments