भक्तपुरको प्रसिद्ध विस्का जात्राको क्रममा मंगलबार भेलुखेलमा ५५ हात लामो लिंगो उठाउन रातभर प्रयास भयो तर सकिएन । साँंझ साढे पाँंच बजेबाट तान्न सुरु गरिएको लिंगो राति १२ बजेसम्मको अनवतर प्रयासपछि पनि लिंगो उठाउन सफल भएन ।   
भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलमा राखिएको लिंगोलाई डोरीको सहायताले सयौं मानिसले तानेर उठाउने प्रयास गरेका थिए । तर सकिएन । धेरै वर्षपछि यो वर्ष यसरी निर्धारित दिनमा लिंगो उठाउन नसकिएको हो । सामान्यतया प्रत्यके वर्ष निर्धारित दिनमै लिगो उठाउन सफल हुन्थ्यो । विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन (यो वर्ष चैत ३१ गते मंगलबार) यहाँं यसरी नै हर्षाेल्लाका साथ हजारौ मानिसको सहभागितामा लिंगो उठाउने हुन्थ्यो ।
मंगलबार उठाउन नसकिएको लिंगोलाई आज बुधबार साँंझ पुनः उठाइनेछ । त्यसपछि उठाएको एक दुई घण्टामै त्यसलाई आजै ढालिनेछ । कुनै वर्ष वर्षको अन्तिम दिन उठाउन नसक्दा त्यसको भोलिपल्ट साँंझ उठाउने र त्यही दिन ढाल्ने गरिन्छ । उठाइएको यो लिंगोलाई प्रत्येक वर्ष नर्याँ वर्षको बैशाख १ गते साँंझ ढालिन्छ ।
लिंगो नउठे पनि साविक जस्तै त्यहाँं दिनभर मेला लागेको हुन्छ । मेला भर्न आउनेहरुको दिनभर मेला लागेको हुन्छ । मेला भर्न दिनभर काठमाडौं उपत्यकासहितबाट हजारौ मानिस यहाँं आउने गर्दछन् ।
यसअघि मंगलबार नै विहान भक्तपुरको पोटरी स्क्वायरमा हात नभएको लिंगो उठाएको थियो । यस्तै मध्यपुर थिमिको बोडेमा पनि हात नभएको लिंगो उठाएको थियो ।
कोरोनाका कारण जात्रालाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले यो वर्ष तालिका नै बनाएको थियो । तर तालिका अनुसार पाँंच बजेभित्र लिंगो उठाइसक्ने उल्लेख भए पनि समय तालिका अनुसार काम हुन सकेन । भीडले गर्नुपर्ने काम भएकाले निश्चित समयमा काम हुन नसकेको हो ।
भक्तपुरको विस्का जात्रा शनिबारदेखि सुरु भएको थियो । भक्तपुर नगरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि अर्थात् यो वर्ष चैत २८ गते शनिबारदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले काठैकाठले नाएको करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ भएको थियो । भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । आठ रात नौ दिन लामो विस्केट जात्राको मुख्य आकर्षण यही हात भएको लिंगो उठाउनु हो । यो वर्ष किन लिगो उठाउन सकिएन यसको विश्लेषण हुनु आवश्यक छ ।
...

All Comments.......


Please Login/Register To Comments