भक्तपुर । भक्तपुरको घलाँतेमा आज बिहान करिब ११ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर स्थायी घर भई हाल पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भई हाल पुतलीसडक बस्ने अन्दाजी २२ वर्षीय सूर्य ओली रहेको प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका–१ स्थित घलाँतेमा काठमाडौंबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना भएको दुर्घटनामा परेको हो।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए अनुसार तीब्र गतिमा आएको सो मोटरसाइकल आफैं अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियोे।
...

All Comments.......


Please Login/Register To Comments