- Post Date 2021-04-18 10:08:42
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री दावा तामाङबीच शनिबार नगरपालिकाको सभाकक्षमा भेट भयो । नगर प्रमुख प्रजापतिले मन्त्री तामाङलाई भक्तपुरको मौलिक भादगाउँले टोपी लगाइ नगरपालिकामा स्वागत गर्नुभएको थियो । भेटका क्रममा उहाँहरुबीच नेपालमा खेलकुद क्षेत्रको विकास, सम्भाव्यता, चुनौती र भक्तपुरस्थित माहेश्वरी तथा सहिद स्मृति खेलमैदानको स्तरोन्नति गर्ने विषयमा छलफल भयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक विशेषताबारे अवगत गराउनुहुँदै भक्तपुर नपालाई खेलकुद क्षेत्रमा अगाडि बढाउन नगरपालिका क्रियाशील रहेको र नगरपालिका आफैले विभिन्न खेलको प्रशिक्षण, प्रत्येक वर्ष अन्तरनगर तथा विद्यालयस्तरीय प्रतियोगिता आदि सञ्चालन गर्दै खेलाडीहरुलाई उत्साहित पार्ने गतिविधिमा जोड दिँदै आएको बताउनुभयो । उहाँले मन्त्रीहरु स्थानीय तहहरुमा प्रत्यक्ष पुगेर त्यहाँको आवश्यकतालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दा राम्रो हुने बताउनुभयो ।
नेपालमा खेलकुदको समग्र विकासका सम्भावनाहरुबारे अवगत गराउनुहुँदै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतमा गरेको रुपान्तरणमा नेमकिपाको ठूलो भूमिका रहेको र नेमकिपा विचार र सिद्धान्तमा प्रतिबद्ध पार्टी भएको बताउनुभयो ।
भेटका क्रममा नगर प्रमुख प्रजापतिले मन्त्री तामाङलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र भक्तपुर नपाका प्रकाशनहरु मायाको चिनो स्वरुप प्रदान गर्नुभएको थियो ।
...
All Comments.......
Please Login/Register To Comments