भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी लिमिटेडले इतिहास शिरोमणि हरिराम जोशीद्धारा लिखित ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक प्रकाशन गरेको छ । प्रकाशित पुस्तकको आइतबार सहकारी संस्थाकै हलमा एक समारोहवीच विमोचन गरिएको छ । पुस्तकको नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान विजुक्छेले विमोचन गरेका हुन् ।
लेखक जोशी भने ललितपुरबासी हुन् । सहकारी संस्थाले आर्थिक कारोबार मात्र नभई सामाजिक कार्यमा पनि हातेमालो गर्नुपर्ने मान्यताका साथ पुस्तक प्रकाशन गरेको संस्थाका अध्यक्ष वलराम प्रजापतिले बताए । सहकारी संस्थाले पुस्तक प्रकाशन गरी विमोचन गरेको यो पहिलो पटक भएको दावी प्रकाशक सहकारीले गरेको छ ।
पुस्तक ३ सय ६ पेजको छ । लेखक जोशीले अहिलेसम्म २७ वटा पुस्तक पकाशन गरिसकेको कार्यक्रममा जनाइयो । पुस्तकको मूल्य जम्मा तीन सय रुपैया राखिएको छ । तर विमोचनको दिन भने छुटका साथ दुई सय रुपैयाँंमा पुस्तक विक्रीवितरण गरिएको थियो । पुस्तक विक्री भएर आएको पैसा सबै लेखक जोशीलाई हस्तान्तरण गरिने प्रकाशक संस्थाले जनाएको छ । विमोचन कार्यक्रममा मात्र जम्मा दश हजार आठ सय रुपैयाको पुस्तक विक्री भएको जानकारी गराइयो । पुस्तक ५६ उपशीर्षकहरुमा विभाजित छन् ।
कार्यक्रममा विजुक्छेंले सहकारी संस्थाहरुले समाजको हितका लागि काम गर्नुपर्ने भन्दै पुस्तक प्रकाशन गरेर भक्तपुर सहकारीले उदाहरणीय कार्य गरेको भन्दै प्रशशा गरे ।
...

All Comments.......


Please Login/Register To Comments