भक्तपुरमा अहिलेसम्म ८ हजार ५ सय १२ जनाले कोभिडविरुद्धको पहिलो खोप लगाएका छन्।  त्यसमा पुरुष ३ हजार ८ सय ७५ छन भने महिला ४ हजार ६ सय ३७ जना रहेका छन ।
भक्तपुरमा पहिलो दिन चैत ४ गते सिद्धि स्मृति अस्पतालमा खोप लगाइने व्यवस्था मिलाएको थियो। भक्तपुर नगरपालिकाका जनस्वास्थ्य सेवा केन्द्रका इन्र्चाज रत्न सुन्दर लासिवाले पहिलो डोज कोभिड सिल जस्तै यसपालि पनि खोप लगाउनेको भिड कम होला भनी एक ठाउँमा मात्र संचालन गरेको बताए।
भक्तपुर नगरमा पहिलो दिन चैत ४ गते ६ सय २९, दोस्रो दिन  १ हजार ६ सय ५३, तेस्रो दिन २ हजार ५ सय ९१, चौथो दिन ३ हजार ६ सय ३९ ले खोप लगाएका थिए। तर खोप लगाउनेको संख्या बढेपछि दोस्रो दिन चैत्र ५ गते सिद्धि स्मृति र इवामुरमा पनि खोप संचालन गरेको डा लासिवाले जानकारी गराए। दोस्रो दिनमा पनि खोप लगाउनेको संख्या कम नभएपछि तेस्रो दिन चैत्र ६ गते सिद्धि, इवामुर र जनस्वास्थ्यमा खोप संचालन गरेको उनी बताउँछन्।
आज बुधबार अन्तिम दिन पनि खोप लगाउनेको चाप कम नभएको उनी सुनाउँछन्। खोप लगाउन भक्तपुरबासी मात्र नभई धुलिखेल, बनेपाबाट पनि लिन आइरहेको उनी बताउँछन्।
यसैवीच दोस्रो डोजको कोरोना खोप च्याम्हासिंह जनस्वास्थ्यमा भोली बिहीबारदेखि सुचारु गर्ने बताए । ९ गते देखि ११ गतेसम्म खोप दिने उनले जानकारी दिए। फागुन ११ गतेसम्म पहिलो डोज लिएकाहरुलाई दोश्रो डोजको खोप दिन लागेको हो । अहिले दोस्रो कोरोना खोप भक्तपुर अस्पतालमा दिइरहेको उनले जानकारी गराए। साथै १० र ११ गतेदेखि चागुनारायण अस्पताल दधिकोटमा खोप दिने उनले बताए। अहिले ४० वर्षदेखि ५९ वर्षको उमेर समुहले यो खोप लगाएको हो। यसबाहेक अन्य विशिष्ट व्यक्तिहरुले पनि खोप लगाइरहेका छन् ।
...

All Comments.......


Please Login/Register To Comments