( गद्य कविता)
दिन,महिना र वर्ष गन्दा नगन्दै छ वर्ष वितेछ
ठिक ६ वर्षको एकदिन अगाडि उध्दघाट्न गरेछ 
नौतल्लेको बदला बाईसतल्ले धरहरा उठाएछ 
सरकारलाई गरिवको आवास निर्माण गर्न आएको 
रकमले धरहरा उठाएको चर्चा छ 
गरिवले पालमूनि जीवन निर्वाह गर्न वाध्यछ
छैन मतलव,सत्ताधारीहरूलाई 
राणाले जनतालाई दूध र भात खान पाएन,
भन्या जस्तै रहेछ आधुनिककालमा पनि !
अझै भूकम्पले ढलेको घर उठ्न सकेन
सरकारले दशलाख दिएर वन्दोवस्त गर्नुपर्छ 
अनुदान सरकारले दिनपर्ने जनताको आवाज हो
अझै कति जनताले खेत चलानगरी घरकयौ उठे 

जनतालाई यो धरहराले खट् वसेको घाऊ सम्झायो
आँट हुनुप–र्याे जनताको घर उठाई
 दिने मनहुनु प–र्याे,
तब त जनताको सरकार नकि
यो जनताको सरकार कसरी हो भनौ ? 
समय पनि तिब्रबेगले नै बहन्दो हो ,
गन्दा नगन्दै भूकम्प गएको 
छ वर्ष बितेछ अहो!
२०७२ सालको दिन र वर्ष कहिले नआओस् ।
२०७८÷०१÷१२ गते
कुमार लघु ,भक्तपुर ।

...

All Comments.......


Please Login/Register To Comments