काठमाडौँ । देशभर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निणर्य गरेको छ ।

सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सोमबारदेखि नै कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको परिक्षा राक्ने निणर्य गरेको हो ।

काठमाडौं उपत्यका सहितका धेरै जसो विद्यालयहरुले परिक्षाको कारण जनाउँदै विद्यालय सञ्चालन गर्दै आएका छन् । पछिल्लो समयमा विद्यार्थीमा कोरोना संक्रमण बढ्दै गएपछि भोलिदेखि हुने विद्यालय तहको परीक्षा स्थगित गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो ।

हाल स्नातकको विभिन्न तहको परिक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको छ । कोरोनाको जोखिम कम भएपनि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ । सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निणर्य गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निणर्य भएको छैन ।

बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि प्रभावकारी योजना ल्याउन निर्देशन दिएपछि आइतबार सीसीएमसीको बैठक बसेको हो ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो । तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गरेको हो ।
...

All Comments.......


Please Login/Register To Comments