भक्तपुर । भक्तपुरका किसानले बल्ल तरकारीको उचित भाउ पाउन थालेका छन् । नेपालकै सवैभन्दा ठूलो अनि आधाुनिक भनिएको तरकारी बजार जिल्लामै सञ्चालनमा ल्याइएपछि किसानहरुले तरकारीको उचित मूल्य पाउन थालेका हुन् ।
किसानको जिल्ला भनेर चिनिने किसानको बाहुल्यता भएको जिल्लामा यसअघि तरकारी बजार थिएन । बजारको अभाबमा उनीहरु सडकको छेउछाउमा वसेर तरकारी वेच्न बाध्य थिए । बजारको अभाबमा उनीहरुले तकारीको उचित मूल्य पाउन सकेका थिएनन् । बजारको अभाबमा किसानले काठमाडौंसम्म लाने विचौलियालाई सस्तैमा तरकारी वेच्न बाध्य थिए ।
एकजना किसान कृष्णबहादुर फेलूले आफनै आँंगनमा तरकारी बजार खुल्दा उचित मूल्य पाएको भन्दै खुशी जनाए । ‘एक दिन एक पटक सवैको पालो आउँंछ भनेको हो रहेछ जस्तो लाग्यो, लामो समयदेखि कृषि पेशा गर्दै आएका उनले भने, ‘बल्ल तरकारीको उचित मूल्य पाउँंदा असाध्यै खुशी लागेको छ ।’
उत्पादन भएको तरकारी विहानै तरकारी बजारमा बेच्न लाने गरेको उनले सुनाए । विहानै नभ्याए जुनैवेला पनि त्यहाँं तरकारी बेच्न जान सकिने अवस्था रहेको उनले बताए । उनले आफूले मात्रै होइन, सवैले तरकारीको उचित मूल्य पाउन थालेको भन्दै प्रसन्नता व्यक्त गरे ।
जिल्लामै हालसालै सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्रमा नेपालकै ठूलो सूर्यविनायक हरित कृषि थोक बजार प्रालि सञ्चालनमा ल्याइएको छ । बजार अरनिको राजमार्ग अन्र्तगत आदर्श वस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रमा रहेको छ ।  
कृषि बजार आधृनिक रुपमा बनाइएको छ । त्यसको लागि भित्र प्रवेश गर्ने प्रवेशद्धार र बाहिर निस्कनका लागि छुटाछुटै दुई वटा प्रवेशद्धारको व्यवस्था गरिएको छ । एउटा प्रवेशद्धार अरनिको राजमार्ग जाडिएको छ भने अर्को सिपाडोल जाने मुख्य सडकसँंग जोडिएको छ ।
कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । साथै त्यहाँं पार्किगको पनि व्यवस्था छ । कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ । ३२ करोडको लगानीमा सञ्चालित यो नेपालकै अहिलेसम्मको सवैभन्दा ठूलो व्यवस्थित कृषि बजार हो ।  
बजारभित्र साढे सात सय स्टलहरु रहेको छन । बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ । बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा विक्री पनि हुने गरेको छ । ।
सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले यहाँं तरकारी वेच्न ल्याउने किसानलाई उचित मूल्य दिइरहेको बताए । यसले यहाँंका किसानहरु दंग परेको उनी सुनाउाँंछन् । किसानलाई मात्रै नभई यहाँंबाट तरकारी किनेर काठमाडौंमा वेच्न लाने खुद्रा व्यापारीहरुलाई पनि आकर्षक मूल्यमा तरकारी बेचिरहेको जानकारी उनले गराए । यसबाट तरकारी वेच्न आउने किसान अनि किन्ने आउने खुद्रा व्यापारी दुवै खुशी हुने गरेको उनले सुनाए ।
काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडीभित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै हुन्छ तर यहाँं त्यस्तो समस्या आउने गरेको छैन । यसकारण पूर्वी नाकाबाट आउने सवै तरकारीहरु यही पुरयाएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुयाउन सकिने अवस्था छ ।
...

All Comments.......


Please Login/Register To Comments