नेपालमा कोरोना संक्रमणको दर दिन प्रतिदिन उकालो लाग्दैछ। २४ घण्टाको तथ्यांकअनुसार एकै दिन देशभर ४५२४ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ। १४६७२ जनामा पिसिआर परीक्षण गर्दा ४३६४ जनामा संक्रमण देखिएको छ।यो कुल परीक्षणको करिब ३० प्रतिशत हो। १००९ मा एन्टिजेन परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ भने हालसम्म ३१९४ जनाको मृत्यु भएको छ। देशभर १० वटा जिल्लाहरुमा ५०० भन्दामाथि सक्रिय संक्रमित रहेका छन् भने ९ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। त्यस्तै देशभर ३१५ जना आईसीयुमा उपचाररत रहेका छन् भने ८४ जना भेन्टिलेरमा रहेका छन्।...

All Comments.......


Please Login/Register To Comments