भक्तपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ को नयाँ भेरियण्ट संक्रमणबाट वालग्राममा आश्रीत वालवालिकालाई बचाउन एसओएस वालग्राम नेपालल ेविभिन्न उपाय अवलम्वन गरेको छ ।
एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशकइश्वरीप्रसाद शर्माका अनुसार मुलुकभर रहेका १० वटा वालग्राममा रहेका १ हजार २६० जनावालवालिकाको स्वास्थ्य सुरक्षाका लागि वालग्रामले स्वास्थ्य सुरक्षा सचेतना अपनाउनुको साथै संरक्षणमा रहेका वालवालिकालाई कोभिड संक्रमण भएमा आइसोलेशनको लागि हरेक वालग्राममाछोरा र छोरीका लागि २ वटा अलग कोठाको व्यवस्था गरेकोे छ । साथै हरेक वालग्राममा स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ ।
हल भक्तपुरको सानोठिमी, बनेपा, जोरपाटी, पोखरामा रामबजारर छोरेपाटन, भरतपुर, भैरहवा, सुर्खेत र धनगढिमा गरी १० वटा वालग्राम सञ्चालनमा रहेको छन्भने ती वालग्राममा १ हजार २६० जनावालवालिकाका संरक्षणमा छन् ।
वालग्रामद्वारा सञ्चालित हर्मन माइनर विद्यालय भएको ठाउँमा भने विद्यालयलाई नै अस्थायी आइसोलेशन कक्ष बनाउने तयारी गरिएको छ ।तर सो आइसोलेशनमा वालग्राम बाहेक वाहिरी संक्रमित बस्न पाउने छैनन ।
वालग्रामका वालवालिकाको स्वास्थ्यमा थप जटिलता देखिएमा वालग्राम नजिकको अस्पतालसंग समन्वय गरि तत्काल थप उपचारको लागि लैजान वालग्रामको सवारी साधनलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको पनि वालग्रामका राष्ट्रिय निर्देशक शर्माले बताउनुभयो ।
सरकारले कोरोना संक्रमणको भयावहअवस्थालाई मध्यनजर गर्दै यही बैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकालगायत देशकामुख्यशहरहरुमा लकडाउन गर्ने घोषणागर्नुअघि नै एसओएस वालग्रामले आफ्ना वालवालिकाको स्वास्थ्यलाई ख्यालमा राखि१० वटै वालग्रामभित्रवाहिरी आगन्तुक र पाहुनाको आवागमनमा समेत रोक लगाईसकेको छ भने वालग्रामबाट वालवालिकालाई वाहिरआउनजान समेत रोक लगाईसकेको छ ।
यसैगरी,वालग्रामद्वारा सञ्चालितहर्मन माइनर विद्यालयले भौतिक रुपमाविद्यालयबन्द गरेको एक साताभईसकेको छ भने अनलाईन विधिबाट अन्तिम परिक्षालिने काम सकिसकेको र यसै हप्ताअनलाइनबाटै परिक्षाफलप्रकाशितगरिने तयारी भईरहेको एसओएस वालग्राम सानोथिमीकानिर्देशक खगेन्द्रनेपालले बताउनुभयो ।
लकडाउन अवधिमावालग्रामकावालवालिकाहरुलाई नियमित खेलकूद, योगा,ध्यान, हस्तकला, चित्रकला, लेखन तथा पाठ्यक्रमबाहिरका पुस्तकअध्ययनको व्यवस्था समेत मिलाइएको छ ।
‘सबै वालवालिकाको लागिमायालु घर’को रुपमा परिचितएसओएस वालग्रामले विगत ५० वर्षदेखि आफ्नो जन्मदिने बाबुआमागुमाएकावालवालिकालाई उचित स्याहार,संरक्षण,रेखदेख र गुणस्तरीय शिक्षादिक्षाको साथै सक्षम भएपछि उनीहरुलाई समाजमापुर्नस्थापनागर्ने कामगर्दै आएको छ ।
...

All Comments.......


Please Login/Register To Comments