भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठक बुधबार नपाको सभाकक्षमा बस्यो ।

बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण न्युनीकरण प्रयासको क्रममा नगरपालिकाको तर्फबाट सामान्य संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीहरुको उपचारको लागि २५ बेडको एचडीयु संचालनको लागि तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो । उक्त बैठकले विश्वव्यापी रुपमा नया भेरियन्टसहित कोभिड १९ को महामारी फैलिरहेको संवेदनशील अवस्थामा कोभिड संक्रमण रोकथामको लागि नगरभित्र क्रियाशील राजनैतिक दलहरु, विभिन्न संघ संस्था, व्यवसायिक तथा सामाजिक संगठनहरु, टीम÷क्लब, पुस्तकालय, सहकारी तथा वित्तीय संस्थालगायत सरोकारवाला सबैमा जनचेतनामूलक गतिविधि गरी सहयोग गर्न आह्वान गर्ने निर्णय ग¥यो ।
...

All Comments.......


Please Login/Register To Comments