कोभिड विरामीको उपचारका लागि भक्तपुरमा २५ बेड एचडियूको व्यवस्था भएको छ । भक्तपुर नगरपालिकाकाको आयोजनामा जिल्लास्थित सहकारीकर्मीहरुसँग शुक्रबार भएको बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ को दोस्रो लहरले विरामी भएकाहरुको उपचारका लागि २५ बेड एचडियूसहितको ७५ बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको जनाए । भक्तपुर नगरपालिकास्तरी विपद् व्यवस्थापन केन्द्रबाट निर्णय भए बमोजिम नगरपालिकाले कोभिड–१९ रोकथामको लागि नियमित माइकिड्ड, विभिन्न एफ.एम. लगायत सामाजिक सञ्जालबाट निरन्तर प्रचारप्रसार गरिरहेको जानकारी दिए ।
बैठकमा उपप्रमुख रजनी जोशी, आर्थिक समितिका संयोजक एवं भनपा–२ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा–७ का वडाध्यक्ष उकेश कवां, भनपा–८ का वडाध्यक्ष महेन्द्र खायमली, भनपा–५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, कार्यपालिका सदस्य सुनिता अवाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखालगायत विभिन्न सहकारीका सहकारीकर्मीहरुले आ–आप्mनो राय सुझाव प्रस्तुत गरेका थिए ।
बैठकले विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ को दोस्रो लहर अहिले भक्तपुरमा पनि जनस्तरमा पैmलिने जोखिम बढिरहेको सन्दर्भमा नगरपालिका क्षेत्रभित्र कृयाशील सबै सहकारी संस्थाहरुमार्पmत आ–आप्mना  सदस्य तथा सर्वसाधारण जनताहरुमा रोग संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन जनचेतनामूलक गतिविधि गर्ने, नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सहकारी संस्थाहरुले दैनिक विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म कार्यालय सञ्चालन गरी अत्यावश्यक सेवा मात्र प्रदान गर्ने, कोभिड संक्रमणको जोखिम न्यूनीकरणका लागि सहकारी संस्थाहरुमार्पmत विहे, ब्रतबन्ध, चाडपर्व, मेलालगायत सामाजिक साँस्कृतिक क्रियाकलापमा भीडभाड हुने गरी कार्य नगर्न तथा विहे ब्रतबन्धका लागि जिल्ला प्रशासन कार्यालयसँग स्वीकृति लिन अनुरोध गर्ने र  सहकारी संस्थाहरुबाट हुने बैठक, भेला, तालिम तथा गोष्ठीहरु प्रत्यक्ष उपस्थितिमा नगरी विद्युतीय अनलाईनमार्पmत कार्य गर्ने निर्णय गरेको जनाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments